कोशीविरुद्ध एपीएफको सहज जित

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १४ : ४७
कोशीविरुद्ध एपीएफको सहज जित

काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा अलराण्डर प्रदर्शन गरेपछि लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले कोशीलाई ४ विकेटले पाखा लगाएको छ ।

कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि रोहितले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८० रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै सुमित श्रेष्ठले २० रन थप्दा प्रजवल साहीले २२ रन जोडे । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको एपीएफ शीर्ष स्थानमा रहँदा कोशीले भने लगातार २ हार भोगेको छ ।

रोहित प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा अर्को विभागीय टिम त्रिभुवन आर्मी छाडेर एपीएफमा भित्रिएका थिए । उनी पहिलो खेलमा ब्याटिङमा २ रनमा आउट हुँदा बलिङतर्फ भने ४ विकेट लिँदै टिमलाई विजयी सुरुवात गराएका थिए भने आजपनि बलिङमा उनले तीन विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस