मेलम्चीबाहेक वैकल्पिक स्रोतको पनि अध्ययन भइरहेको छ : खानेपानी मन्त्री यादव

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १२ : ११
मेलम्चीबाहेक वैकल्पिक स्रोतको पनि अध्ययन भइरहेको छ : खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजना दीर्घकालीन रुपमा १२ महिनै सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । आज (सोमबार) मेलम्ची खानेपानी पुनः वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले मेलम्चीको पानी दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर विज्ञहरुको सल्लाह र राजनीतिक तहमा सहमति जुटाउन पहल गरिरहेको बताए । साथै, मेलम्चीको मात्रै भर नपरेर वैकल्पिक स्रोतहरुको पनि खोजी सुरु गरिएको उनको भनाइ छ ।

‘एउटामात्रै स्रोतको भरमा नपर्न र काठमाडौं उपत्यकालाई अन्य स्रोतहरुको व्यवस्थापन गर्नका लागि वैकल्पिक स्रोतहरु सिस्नेरी, महादेव खोलाको अध्ययन भइरहेको छ,’– उनले भने ।

काठमाडौं उपत्यका भित्रका स्यानीय स्रोतहरुको पहिचान र ढुङ्गे धाराको प्रयोग हुनुदा खेर गइरहेको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस