आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, ११ : ४९
आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस