प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, ०९ : ००
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन्। 

मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ। 

अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९: १५ बजे सुरु हुनेछ भने तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अहिले बिहान ९ बजेदेखि सुरु हुनेछ। 

मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ। 

यसैगरी एपिएफ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ। एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो । कोशी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो। 

प्रतिक्रिया दिनुहोस