सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, ११ : ०२
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो । यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।

सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार यसको कारोबार मूल्य १४ सय रुपैयाँ कायम थियो ।