‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आजबाट हलमा

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १३ : ४४
‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आजबाट हलमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ एकै दिन रिलिज भएका हुन् । ‘चित्रा’लाई घनश्याम लामिछाने र ‘पर्खी बसेँ तिमीलाई’ दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । 

‘चित्रा’मा सन्तोष अधिकारी, प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । ‘पर्खी बसेँ तिमीलाई’मा शिव श्रेष्ठ, किरण श्रेष्ठ, रक्षा बुढाथोकी, विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा छन् । 

 

प्रतिक्रिया दिनुहोस