मलेसियाले गैरकानुनी कामदार धमाधम पक्राउ गर्दै

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, ०८ : ११
मलेसियाले गैरकानुनी कामदार धमाधम पक्राउ गर्दै

काठमाडौ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ ।

उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । 

पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेको भन्दै गैरकानुनी भएर नबस्न र यदि बसेको भए आवश्यक पर्ने जरिमाना तिरेर नेपाल फर्कन त्यहाँस्थित दूतावास अनुरोध गर्दै आएको छ ।

मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका पाइन्छ । राजधानी दैनिकमा खबर छ ।