समृद्धि सपना

भरतपुर महानगरको नीति तथा कार्यक्रममा बत्तीस आकर्षण

सूर्यप्रकाश कँडेल

सोमबार, ११ असार २०७५, १७ : २८
भरतपुर महानगरको नीति तथा कार्यक्रममा बत्तीस आकर्षण

चितवन । भरतपुर महानगरपालिकाले दोस्रो नगर सभाबाट आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब चौँतीस करोड पाँच लाख ८६ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) प्रस्ताव गरेको छ । यो रकम २९ वटा वडा कार्यालय र महानगरपालिकामार्फत् महानगरको नीति तथा कार्यक्रमलाई सफल बनाउन खर्च गरिने छ ।

महानगर प्रमुख रेनु दाहालले दोस्रो नगर सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा बत्तीस वटा आकर्षण फेला परेका छन् । यी आकर्षण कुनै नाराका रुपमा र कुनै कार्यक्रमका रुपमा आएका छन् । भरतपुर महानगरको समृद्धिको सपना पूरा गर्न ल्याइएको नीति तथा कार्यक्रमका आकर्षण यस प्रकार छन्,

१) हाम्रो प्रतिवद्धता हाम्रो रहर, सुन्दर र समृद्ध भरतपुर महानगर
२) नमूना स्मार्ट महानगर   ३) रिङरोड र लिंकरोड
संघीय सरकारले समृद्ध नेपाल, सुखी नेपाली भनेजस्तै भरतपुर महानगरले सामाजिक न्यायसहितको विकासलाई आत्मसात गर्दै भरतपुरलाई देशकै नमूना र सुविधासम्पन्न महानगर बनाउने लक्ष्य लिएको छ । यसका लागि सडक बिस्तारमा जोड दिइएको छ ।
४) मुख्य चोकमा ट्राफिक लाइट
५) देवघाटमा विद्युतीय शवदाह गृह
६) उद्योग ग्राम स्थापना
महानगरले ट्राफिक व्यवस्थापनका लागि एक वर्षभित्र शहीदचोकमा ट्राफिक लाइट राख्ने प्रस्ताव गरेको छ । निजी क्षेत्र र संघीय सरकारसँग पहल गरी देवघाटमा विद्युतीय शवदाह गृह निर्माणको पहल, साना तथा मझौला उद्योगलाई व्यवस्थित गर्न उद्योग ग्राम स्थापना गरिने ।
७) सिटी हल  
८) प्लटिङलाई नियन्त्रण  
९) अटो ल्याण्ड
१०) एक वडा एक खेल मैदान  
११) अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान
खेलकुदको विकास र बिस्तारको लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । आर्थिक विकासतर्फ कृषि तथा सहकारी शीर्षकमा निम्न कार्यक्रम समावेश छन्,
१२) घरभित्रको फोहोर घरभित्रै व्यवस्थापन  
१३) प्रतिस्पर्धी र उत्पादनमुखी कृषि
१४) एक वडा एक उत्पादन, उत्पादनको आधारमा अनुदान
१५) सहकारीमार्फत् सुपथ मूल्यको पसल
उद्योग तथा पर्यटनतर्फका आकर्षण,
१६) उद्योगमैत्री समाज र समाजमैत्री उद्योग   
१७) सम्पदाको संरक्षण  
१८) पर्यापर्यटनको प्रवद्र्धन   
सामाजिक विकासतर्फका आकर्षण,
१९) सामुदायिक विद्यालय सुधार कार्यक्रम  
२०) हाम्रा बालबालिका, हाम्रो भविष्य
२१) बाल अधिकार, स्थानीय सरकारको सरोकार
वातावरण तथा विपद् व्यवस्थापनतर्फ,
२२) क्लीन भरतपुर, ग्रीन भरतपुर  
२३) एक घर दुई बिरुवा
२४) बाटोको दायाँबायाँ वृक्षारोपण  
२५) एक वडा एक पोखरी
२६) एक वडा एक उद्यान  
२७) मेरो फोहोर मेरो जिम्मेवारी
२८) खरका छानामुक्त महानगर
संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ,
२९) मेयरसँग नगरवासी (महिनाको एक दिन एउटा वडामा)
३०) विद्युतीय शासन  
३१) सूचनामैत्री कार्यालय
वित्तीय व्यवस्थापन र सुशासनतर्फ,
३२) हामीले तिरेको कर महानगर विकासको लागि

भरतपुर महानगरको नीति तथा कार्यक्रममा रहेका अन्य आकर्षण हुन्,

भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

 

 

प्रतिक्रिया दिनुहोस